आाईएसका नयाँ प्रमुखलाई बंगलादेश र इजिप्टका आतंकवादी संगठनको समर्थन

डिसी नेपाल
१७ कार्तिक २०७६ १८:३०

काठमाडौं (एजेन्सी)। इस्लामिक आतंकवादी संगठन स्लामिक स्टेट (आईएस)का नयाँ प्रमुख अबु इब्राहीम अल हाशमी अल कुरैशीलाई बंगालादेश र इजिप्टका आतंकवादी संगठनले समर्थन गरेका छन्। आईएसको मिडिया शाखाले बंगलादेश र इजिप्टका जिहादीले समर्थन गरेको जनाएको छ।

आईएसका तत्काली प्रमुख अबु अब्रुर अल बग्दादीले अमेरिकी सेनाको कारबाहीका क्रममा आफैमाथि बम विष्फोट गराएका थिए। उनको मृत्युसँगै आईएसले नयाँ प्रमुख चयन गरेको थियो।

नयाँ प्रमुखलाई समर्थन दिन बंगलादेश र इजिप्टका आतंकवादी संगठनका सदस्यहरुले आईएसको झण्डामुनि तस्बिर खिचाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

बंगलादेशका केही र इजिप्टको संगठन सिनाईका सदस्यहरुले आईएसको झण्डा मुनि खिचाएको तस्बिर सार्वजनिक गरिएको छ। तस्वीरमा ति लडाकुहरुको मुख ढाकिएको छ। उनीहरुले समातेको झण्डामा कुरैशीप्रति वफादार रहेको उल्लेख गरिएको छ।

बग्दादी मारिएपछि विश्वभर आतंकवा सिर्जना गरेको आईएस समाप्त हुने अपेक्षा गरिए पनि उसले फेरि संगठन विस्तार गर्ने संकेत देखिएको छ। यो संगठनले इराकदेखि सिरियासम्मका केही भूभाग नै कब्जा गरेको थियो भने यूरोपदेखि एशियासम्म आतंकवादी आक्रमण गरेको थियो। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बग्दादी मारिनु ठूलो उपलब्धि भन्दै विश्व अब सुरक्षित भएको बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *