प्रदेश प्रमुख पदमुक्त गरिएपछि प्रतिपक्षी काँग्रेसको तिखो प्रतिक्रिया
काठमाडौं। सरकारले सातै प्रदेशका प्रमुखहरुलाई आइतबार पदमुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा प्रतिक्रिया जनाएको छ। काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोश पोखेका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा नेता पौडेलले आक्रोश पोखेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘यसरी प्रदेश प्रमुख जस्तो गरिमामय पदलाई मनपरी ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावादतर्फ जाने कोशिस हो।’
तत्काली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा नियुक्त भएका प्रदेश प्रमुखहरुलाई आइतबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले पद मुक्त गरेकी हुन्।
यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले प्रदेश प्रमुख पदमुक्त गरिनुका चार गल्ती गनाएका छन्। उनले भनेका छन्, ‘नीति जरुरी उकालो चढ्न मति धकेल्दैछ ओह्रालो, आजको निर्णय चार कारण गलत : १ समयको प्राथमिकता अर्कै, सरकारको ध्यान अर्कैतिर, २ जरुरी समिक्षा बेगरै पुर्वाग्रहपुर्ण निर्णय, ३ सहमतिको राजनीति थप बिथोल्ने यत्न, ४ निर्वाचन आचारसंहिताको नैतिक हेक्का राखिएन, अर्थात कम्युनिस्ट सरकार!’
नीति जरुरी उकालो चढ्न मति धकेल्दैछ ओह्रालो !
आजको निर्णय चार कारण गलत…
१,समयको प्राथमिकता अर्कै,सरकारको ध्यान अर्कैतिर l २,जरुरी समिक्षा बेगरै पुर्वाग्रहपुर्ण निर्णय l ३,सहमतिको राजनीति थप बिथोल्ने यत्न l
४,निर्वाचन आचारसंहिताको नैतिक हेक्का राखिएन l
…अर्थात कम्युनिस्ट सरकार !— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 3, 2019
समाचारअनुसार आइतबारै नयाँ प्रदेश प्रमुख नियुक्तिको तयारी छ।
Facebook Comment