राष्ट्रपति समक्ष भाषा आयोगको प्रतिवेदन पेश

डिसी नेपाल
१९ कार्तिक २०७६ ६:३५

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष भाषा आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ।

राष्ट्रपति कार्यालय शितल निवासमा आज आयोजित एक समारोहमा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले राष्ट्रपति भण्डारीलाई आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालगायत उच्च सरकारी पदाधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए ।

यस्तै राष्ट्रपति भण्डारी समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *