महोत्तरीमा चार पदका लागि उपनिर्वाचन

डिसी नेपाल
१९ कार्तिक २०७६ १३:००

जलेश्वर। आउँदो मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ। जिल्ला निर्वाचन अधिकारी पुष्पा झाका अनुसार उपनिर्वाचनमा जिल्लामा दुई नगरपालिका र एक गाउँपालिकाको चार पदका लागि उप निर्वाचन हुने भएको छ।

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको स्थान रिक्त रहेको छ। पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा नगरपालिकाको वडा नं– २ र ८ का वडाध्यक्षको मृत्यु भएकाले सो पदका लागि निर्वाचन हुनेछ।

त्यस्तै मटिहानी नगरपालिका–६ का वडाध्यक्षको नाम लोकसेवामा सिफारिस भएपछि रिक्त स्थानमा निर्वाचन हुने झाले बताए। सो उपनिर्वाचनमा २४ हजार ४९२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *