पर्यटक कुरिरहेको मनमोहक पोकली झरना (फोटोफिचर)

काठमाडौं । सरकार ‘नेपाल पर्यटन वर्ष २०२०’को तयारीमा व्यस्त छ । सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
त्यसका लागि केही समय अघिमात्रै सरकारले सय गन्तव्य सूचि सार्वजनिक गरेको थियो । जसमा पोकली झरना पनि समावेश भएको छ । ओखलढुंगाको लिखु गाउँपालिकामा पर्ने उक्त झरनालाई सरकारले सय गन्तव्य सूचिमा राखिसकेपछि स्थानीय हौंसिएका छन् ।
यहाँको पूर्वाधार विकासका लागि प्रदेश १ सरकार र संघ सरकारको पर्यटन मन्त्रालयले ५०–५० लाख गरी कुल १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । भने, लिखु गाउँपालिकाले १० लाख रुपैयाँ दिएको छ । बजेटबाट अहिले विस्तृत परियोजना अध्ययन प्रतिवेदन ‘डीपीआर’ निर्माणको काम भइरहेको पूर्व मोओवादी सभासद बालकृष्ण ढुंगेलले जानकारी दिए । डीपीआरमा पोकली झरना क्षेत्रमा चिल्ड्रेन पार्क, स्विमिङ पुल, सिसाको पुल, गौतम बुद्ध र शिव पार्वतीको मन्दिरजस्ता संरचनाको डिजाइन गरिने उनले बताए ।
यो झरना नेपालकै दोस्रो अग्लो भएको स्थानीयको दावी छ । अहिले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई सफल पार्न यहाँका स्थानीय पनि लागि परेका छन् । केही दिन अघिमात्रै झरनाको प्रचारप्रसारका लागि स्थानीयले पोकली झरना महोत्सव सम्पन्न गरेका छन् ।
यस झरनाको सुन्दरता हामीले हाम्रो क्यामेरामा उतार्ने प्रयास गरेका छौं ।
हेर्नुहोस् तस्वीर :
Facebook Comment