नेपाल एयरलाईन्सले हटायो गलत सूचना

डिसी नेपाल
१९ कार्तिक २०७६ १५:४६

काठमाडौं। पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ ई. दिपेन्द्र कँडेलले चेतावनी दिएपछि नेपाल वायु सेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी-फ्री सम्बन्धी आफ्नो वेबसाईटमा राखेको गलत सूचना हटाएको छ। कँडेलले साेमबार पत्रकार सम्मेलन गर्दै तत्काल गलत सुचना हटाउनको लागि ४८ घण्टे अल्टिमेटम दिएका थिए।

उनले हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुहरुलाई दिउँसै ठग्ने काम गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई सरकारले अविलम्ब निलम्बन गर्नुपर्ने माग समेत गरेका थिए । तर, ८ घण्टा नबित्दै नेपाल वायु सेवा निगमले उक्त गलत सूचना हटाएको कँडेलले जनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *