बार्सिलोनाको बराबरी
एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले निराशाजनक बराबरी खेलेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले स्लाभिया प्रागसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
बार्सिलोना घरेलु मैदानमा ४६ औ खेलमा पहिलो पटक गोल गर्न असफल भएको हो । च्याम्पियन्स लिग फुटबलमा सन् २०१२ पछि घरेलु मैदानमा लियोनल मेस्सीले गोल गर्न र गोलको अवसर समेत जुटाउन पहिलो पटक असफल भएका हुन् ।
बार्सिलोनाका करिब आधा दर्जन प्रहार असफल भएका थिए । समूह एफको शीर्ष स्थानमा रहेको बार्साले पुछारको क्लब स्लाभिया प्रागसंग बराबरी खेलेको हो ।
इर्नेस्टो भाल्भर्डे नेतृत्वको बार्साले ४ खेलबाट मात्र ८ अंक बटुल्न सक्यो । बोरुसिया डर्टमण्ड ७ अंक सहित दोस्रो र ईन्टर मिलान ४ अंक सहित तेस्रो स्थानमा छ । प्राग टिमको २ अंक छ ।
स्पेनिस लिग च्याम्पियन बार्साले च्याम्पियन्स लिगको अर्को खेलमा घरेलु मैदानमा डर्टमण्डसंग खेल्नेछ ।
Facebook Comment