भारतले जारी गरेको नयाँ नक्साप्रति क्रान्तिकारी माओवादीको आपत्ति

डिसी नेपाल
२० कार्तिक २०७६ १०:३७

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) ले भारतले सार्वजनिक गरिएको नयाँ नक्सामा पहिलेदेखि अतिक्रमण गर्दै आएको नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रमा पर्नेे भूभागलाई भारतमा गाभिएको भन्दै आपत्ति जनाएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले भारतले जारी गरेको नयाँ नक्साले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमण गरेको उल्लेख गरेका छन्।

उनले यो विषयमा सम्पूर्ण देशभक्त नेपाली जनसमुदाय विशेष संवेदनशील र गंभीर बन्न जरुरी रहेको उल्लेख गरेका छन्।

‘हाम्रो पार्टी भारतीय विस्तारवादद्वारा यसरी नेपाली भूभागमाथि गरिएको नाङ्गो अतिक्रमणको तीव्र विरोध तथा भत्र्सना गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबारे आलटाल नगरी आवश्यक सत्यतथ्य प्रकाशमा ल्याई भारतको यस कदमको कडा विरोध गर्न, नेपालको सार्वभौमिताको पक्षमा दह्रोसँग उभिन र यसबारे तुरुन्तै आवश्यक कूटनीतिक पहल अगाडि बढाउन नेपाल सरकारसित जोडदार माग गर्दछ।’

वैद्यले भारतीय विस्तारवादी अतिक्रमण तथा हस्तक्षेपको सशक्त विरोध गन सबैमा अनुरोध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *