मनकारी लेखापाल

डिसी नेपाल
२० कार्तिक २०७६ १०:४८

मोहनकुमार मल्ल

मुगु। सरकारी, गैरसरकारी संघ, सस्था तथा अन्य निकायमा नगदको कारोवार गर्ने लेखापाल प्राय आर्थिक अनियमितामा हुने गरेका घटना प्राय बाहिरिने गरेका छन्। उनीहरु आर्थिकको मामिलामा कठोर हुने गरेका प्राय सेवाग्रहीहरुको अनुभव हुने गरेको छ।

लेपापालका सम्वन्धमा सकारात्मकक भन्दा नकारात्मक र भ्रमात्मक कुरा सुनिरहेका बेला विकट हिमाली मुगुमा भने एक मनकारी लेखापाल भेटिएकी छन्।
जिल्ला स्थित कृर्षि विकास बैकमा कार्यरत लेखापाल यमकुमारी आचार्य उमेरले २५÷३० को आसपासमा देखिन्छिन्।

उनको उमेरले फजुल खर्च गर्ने,मोजमस्तिमा रमाउने, भविष्यको ख्यालै नगर्ने बेला भएपनि यो उमेर मै उनी समाज सेवामा तल्लिन भएको देख्न पाइन्छ। सुर्खेत जिल्लाकी स्थायी बासिन्दा उनले जिल्ला सदरमुकामको महाकाली माध्यामिक विद्यालयमा रहेका फरक क्षमताका बालबालिकालाई न्यानो कपडा वितरण गरेकी छन्।

आफनो वार्षिक तलब कटाएर उक्त विद्यालयमा अध्यनरत फरक क्षमता भएका २१ जना बालबालिका र ३ जना सहयोगी शिक्षक तथा कर्मचारीलाई न्यानो कपाडा ज्याकेट उनले वितरण गरिन्।

हिमाली जिल्ला मुगुमा कातिक महिनामा कस्तो जाडो होला जो कोही अनुमान लगाउन सक्छ। यो बेला असहाय, घर अवस्था नाजुक भएका फरक क्षमताका बालबालिकाले न्यानो कपाडा पाउँदा लेखापाल आचार्यलाई भगवान नै आएको जस्तो लागेको फरक क्षमता भएका विद्यार्थी मानवीर बढुवालले बताए।

गत वर्षको फागुनमा सुर्खेतबाट सरुवा भएर मुगु जिल्ला आएका बेला सदरमुकाम गमगढीमा रहेको महाकाली विद्यालयमा घुम्न जाँदा फरक क्षमताका बालबालिका आफनो छात्राबासमा सांकेतिक भाषामा कुरा गदै गरेको र शरीरमा न्यानो कपडा नदेखेपछि आफूमा यी बालबालिकााका लागि केही गर्नु पर्छ भन्ने भावना जागृत भएको लेखापाल आचार्यले बताइन्। बालबालिकाको लागि न्यानो कपडा खरिद गर्न आफूले आफनो खाने खाजा, लगाउने कपडा, जन्म दिन उत्सवमा हुने खर्च कटौती गरेर बचत गरेको उनले बताइन्।

बुधबार विहान बालबालिकालाई न्यानो कपाडा वितरण कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कर्मचारीको शीर माथि पार्ने समाजमा स्थापति हुन नसकेका फरक क्षमताका बालबालिकालाई सहयोग गरेको मनकारी लेखापाल आचार्यलाई धन्यवाद दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *