आलमको बयान दोस्रो दिनपनि सकिएन

डिसी नेपाल
२० कार्तिक २०७६ १६:५२

काठमाडौं। हत्या, विस्फोटलगायत तीनवटा आरोपमा मुद्दा खेपिरहेका काँग्रेस सांसद मोहम्मद अफताव आलमको बयान बुधबार दोस्रो दिन पनि सकिएन।

जिल्ला अदालत रौतहटमा मंगलबार आलामको बयान शुरु भएको थियो। बुधबार पनि बयान नसकिएपछि बिहीबार पनि आलामको बयान हुने जिल्ला अदालत रौतहटले जनाएको छ।

जिल्ला सरकारी वकीलको कार्यालय रौतहटले विभिन्न तीन आरोपमा आजीवन जेल सजायको माग राखी आलमविरुद्ध मुद्दा दायर गरेको छ।

बयान सकिएपछि अदालतले धरौटीमा राख्ने वा पुर्पक्षका लागि जेल पठाउने भन्ने निर्णय गर्नेछ। आलमको पक्षबाट शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसीलगायतका चर्चित कानुन व्यवसायीहरुले वकालत गर्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *