नेपालका जेलभित्र ‘निरङ्कुशतन्त्र’ जस्तै ‘अर्को सत्ता’ रहेको गृहमन्त्रीको टिप्पणी

डिसी नेपाल
२० कार्तिक २०७६ १७:३३

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले नेपालका जेल भित्र निरङ्कुश तन्त्र जस्तै अर्को सत्ता रहेको खुलासा गरेका छन् ।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री थापाले नेपालको जेल भित्र छुट्टै सत्ता रहेको बताएका हुन् । समितिले केहि समय अघि नेपालका जेल तथा हिरासत कक्षको स्थलगत अनुगमन गरेपछि गृहमन्त्री, गृहसचिव, महान्यायधिवक्ता लगायतलाई छलफलको लागि बोलाएको थियो ।

समितिमा सांसद पम्फा भुसाल र डिला संग्रौलाले जेलको कडा सुरक्षाको घेराभित्र पनि अर्को सत्ता रहेको भन्दै मन्त्रीसँग वास्तविकता केहो भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले नेपालका जेलभित्र निरङ्कुश सत्ता रहेको स्वीकारेका हुन् ।

सांसदहरुले जेल भित्रका नाइके, भाइ नाइके जस्ता कैदीले अलग्गै सत्ता चलाएको र जेलको सुरक्षामा खटिने प्रहरी समेत निरिह बनेको बताएका थिए । सांसदको जिज्ञासामा मन्त्री थापाले जेल भित्रको आन्तरिक प्रसासनलाई लोकतान्त्रिक बनाउन सरकारले प्रयास थालेको बताए ।

राज्य ब्यबस्था तथा सुशासन समितिले सभापति शशि श्रेष्ठको नेतृत्वमा देश भित्रका प्रमुख जेल तथा बन्दि गृह र हिरासत कक्षको स्थलगत अनुगमन गरेको थियो । समितिले अनुगमनपछि नेपाल सरकारलाई जेल तथा बन्दी गृह र हिरासत कक्षको सुधारको लागि विभिन्न २८ बुँदामा निर्देशन दिने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *