सरकारले भन्यो : भारतको नक्शा अस्वीकार्य

डिसी नेपाल
२० कार्तिक २०७६ १७:२८

काठमाडौं। नेपाली भूभागसहित आफ्नो भनी भारतले हालै आफ्नो नक्शा जारी गरेको नेपाल सरकारले सो नक्शा स्वीकार नहुने बताएको छ।

बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी भारतले जारी गरेको नक्शा अस्वीकार्य भएको बताएको हो। भारतले सोमबार नयाँ नक्शा जारी गरेको थियो। जसमा नेपालको लिपुलेक, लिम्पुयाधरा र कालापानीसमेत भारतको नक्शामा समेटिएको थियो।

भारतले नेपाली भूमिसमेत दावी गरेपछि सरकारले त्यसलाई खारेज गरिदिएको हो। परराष्ट्रले भनेको छ, ‘विवादित क्षेत्रमा एकपक्षीय रुपमा हुने कुनै पनि निर्णय स्वीकार गर्न सकिँदै।’

प्रेस विज्ञप्ति
भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ ।

कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ ।

नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरूबाट दुई देश बीचका समाधान हुन बाँकी सीमा सम्बन्धी समस्याहरूको समाधानको लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ ।

दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनु पर्ने र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ ।

नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरू बीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा दृढ रहेको छ ।

२०७६ कार्तिक २०




प्रतिक्रिया

2 thoughts on “सरकारले भन्यो : भारतको नक्शा अस्वीकार्य

  1. yatile matrai vayena sarkar ajhai kata rupma khandan garna saknu paryo paryo.afno desh simana bachauna lai sara nepali marna maarna j garna pani tayar cha afno desh ko bisayema,datera birosdh garna sarkarlai hardik anurodh cha . nepali janata nepal ra sarkarko pachyama uvincha ek dhikka vayera ..

  2. It’s been really worst and injustice behave which is doing from Indian political leaders for the Nepalese people…

    “A borrower who doesn’t returns is a beggar.”
    ― Amit Kalantri

Leave a Reply

Your email address will not be published. Required fields are marked *