काङ्ग्रेसले लगायो उम्मेदवारको टुङ्गो

डिसी नेपाल
२० कार्तिक २०७६ २०:३३

काठमाडौं। नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार छनौट गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

काँग्ेसले कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । यसअघि नै सो क्षेत्रमा नेकपाले स्वर्गीय रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसेको छ। सो क्षेत्रमा काँग्रेस र नेकपाबीच प्रतिस्र्धा हुने ठानिएको छ। साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ। राप्रपा।, विवेकशीललगायतका दल पनि त्यहाँ चुनावी मैदानमा छन्।

काँग्रेसले प्रदेशसभा सदस्यको उम्मेदवारमा भक्तपुर निर्वाचन क्षेत्र नं १ को कमा कृष्ण भँडेल, बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख)मा जीप शेरचन र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) केशव आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

स्थानीय तहका खाली विभिन्न पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पार्टीले यसअघि नै उम्मेदवार चयन गरिसकेको छ ।
प्रतिनिधिसभाका लागि बिहीबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *