गाउँमा मन्दिर निर्माण गर्न प्रवासमा आर्थिक संकलन समिति गठन

डिसी नेपाल
२० कार्तिक २०७६ २१:५१

भारत । मन्दिर निर्माणका लागि प्रवासी नेपालीहरुले आर्थिक सहयोग संकलन गर्न  समिति गठन गरेकाे छ ।

अछामको चौरपाटी गाउँपालिका ३ गगुडामा रहेको स्वरस्वती मन्दिर निर्माणका लागि गगुडा गाउँका युवाहरुले भारतमा आर्थिक संकलन समिति गठन गरेका हुन् ।

मन्दिर निर्माण कार्यका लागि प्रवासमा मुम्बई र पंजाबमा आर्थिक समिति र गाउँमा एक समिति गरि जम्मा तीन समिति गठन गरेको छ।

मुम्बई समितिको अध्यक्षमा करन साउद चयन भएका छन् भने उपाध्यक्ष शेर ब साउद संयोजक पदम साउद कोषाध्यक्ष रंग साउद, सचिव हर्क साउद चुनिएका छन् ।

गाउँमा चयन हुने समितिले काम कार्य पूर्ण रूपमा रेख देख गर्ने छ भने भारतका मुम्बई र पंजाबमा रहेका समितिले आर्थिक सहयोग संकलन गर्ने छन् ।

चौरपाटी गाउँपालिका मध्यको यो गाउँ जनसंख्याको हिसाबले सबैभन्दा ठूलो गाउँ हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *