कास्की–२ मा विद्या भट्टराई र खेमराज पौडेलबीच द्विपक्षीय प्रतिश्पर्धा

डिसी नेपाल
२१ कार्तिक २०७६ ७:३२

काठमाडौं। अगामी मंसिर १४ गते हुने उपनिर्वाचनको एकमात्र प्रतिनिधिसभा कास्की २ मा सत्तारुढ दल नेकपाले स्वर्गीय रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने घोषणापछि चुनावी माहोल तात्तिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पुराना र त्यागी नेताको छवि बनाएका खेमराज पौडेललाई उम्मेदवार बनाउनले भएपछि नकेपा र काँग्रेसबीच कडा टक्कर हुने देखिएको छ। यसअघि नेकपाले सजिलै चुनाव जित्ने अनुमान गरिएको कास्की २ मा पौडलको उम्मेदवारीले नेकपालाई रक्षात्मक बनाइदिएको पोखरामा चर्चा शुरु भएको छ। सुरुमा कांग्रेस कास्कीले १६ जनाको नाम सिफारिस गरेपनि पार्टीले पुराना नेता पौडेललाई उम्मेद्वार बनाएपछि कास्की कांग्रेसले एकजुट भएर आफ्ना उम्मेद्वारलाई जिताउने सर्कुलर जारी गरेको छ।

कास्की–२ का पुराना र सबैलाई पढाएका पौडेललाई अहिले पनि ‘गुरु’ भनेर सम्वोधन गरिन्छ। पौडेलले उम्मेद्वारीप्रति कसैले पनि विरोध गर्न नसक्ने कास्की कांग्रेसका एक नेताले बताए। ‘उहाँले पहिला नै अवसर पाउनु पर्ने नेता हो,’ कास्की कांग्रेसका नेता देव कुँवर भन्छन्, ‘ढिलै भएपनि पार्टीले उहाँलाई न्याय गरेको छ।’

यसअघि नेकपाले सजिलै चुनाव जित्ने अनुमान गरिएको कास्की २ मा पौडलको उम्मेदवारीले नेकपालाई रक्षात्मक बनाइदिएको पोखरामा चर्चा शुरु भएको छ।

कांग्रेसभित्र अन्तरघातको चर्चालाई सामान्य रुपमा लिइन्छ। कतिपय ठाउँमा पार्टीकै अन्तरघातका कारण चुनाव हारेको भन्दै अहिले पनि उजुरी पर्ने गरेको छ।
तर यसपटक भने खेमराजले टिकट पाएसँगै कांग्रेसभित्र अन्तरघातमा ब्रेक लाग्ने नेताहरुको विश्वास छ । किनकि लामो समय पार्टीलाई योगदान गरेका, कुनै पनि लाभ नलिएका र निष्ठावानको छवि बनाएका पाका नेता पौडेलप्रति सबैको सहानुभूती छ।

गएको निर्वाचनमा कांग्रेसका उम्मेदावार देवराज चालिसेलाई ८ हजार ५ सय ४२ मतान्तरले रवीन्द्रले जितेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए

कांग्रेसले वर्तमान सरकारप्रति जनतामा फैलिएको वितृष्णलाई मुख्य रुपमा चुनावी मुद्दा बनाएको छ। उता नेकपाले भने सरकारले गरेका राम्रो कामको प्रचार, रविन्द्र अधिकारीको मृत्यु भएपछि उनको सहानुभूतिको मत विद्याले पाउने भएको आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएको छ। तर कांग्रेसले भने करिव साढे तीन हजार मतअन्तरले आफूले चुनाव जित्ने दाबी गरेको छ।

रवीन्द्र अधिकारीको निधनपछि उनको काज करिया नगरेपछि रवीन्द्रको पकड क्षेत्र माएिको भारतपोखरी, निर्मल पोखरी र कृष्टि क्षेत्रबाट विद्या भट्टराईलाई पहिला जस्तो मतदान नहुने कांग्रेसले आँकलन गरेको छ।

तर कांग्रेसबाट राजनीति गर्दै आएकी रजनी केसीले साझा पार्टीबाट उम्मेद्वार दिएपछि उनले कांग्रेसका कोही मत काट्ने अनुमान गरिएको छ। ०७४ मा भएको प्रतिनितिसभा निर्वाचनमा विवेकशील साझा पार्टीले करिव नौ सय मत ल्याएको थियो। तर अहिले विवेकशील र साझा पार्टीले फरक फरक उम्मेद्वार उठाएका कारण साझा पार्टीले धेरै मत नल्याउने कांग्रेसको अनुमान छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *