मलाइकको नाइटी फोटो शेयर गर्दा कंगनाकी बहिनीलाई तनाब
मुम्बई। बलिउड क्वीन कंगना रनौतकी बहिनी रंगोली चंदेल पछिल्लो समय बलिउडका स्टार्ससँग वाक युद्धमा उत्रिएकी छन्। केही दिन अगाडि उनले बलिउडकी हट नायिकाको छवि बनाएकी मलाइका अरोडलाई आफ्नो निशाना बनाइन्।
मलाइकाले आफ्ना छोरा अरहानसँगको एउटा फोटो समाजिक संजालमा शेयर गरेकी थिइन्। रंगोलीले मलाइकाले शेयर गरेको उक्त फोटोको स्क्रीन शट लिएर आफ्नो ट्विटरबाट शेयर गर्दै लेखेकी छन्–यी हुन आजकी मोर्डन इण्डियन आमा, निकै राम्रो!’
This is modern Indian mother, very good ?????? pic.twitter.com/2sfQl6jFgh
— Rangoli Chandel (@Rangoli_A) November 5, 2019
तर रंगोलीलाई उनको यो टिप्पणी निकै महंगो सावित भयो। सामाजिक संजालमा रंगोलीको कमेन्टलाई ट्रोल गरिएको छ। सामाजिक संजाल प्रयोगकर्ताले रंगोलीको चर्को आलोचना गरेका छन्।
एक जनाले लेखेका छन्–एक जना आमा र एक जना छोराबीचको सम्बन्ध सबैभन्दा पवित्र हुन्छ।’
अर्को एक जनाले लेखेका छन्–यसरी आमा–छोराको सम्बन्धमाथि प्रश्न उठाउनु गलत हो।’
आफ्नो चर्को आलोचना भएपछि रंगोलीले यो विषयमा सफाइ पनि दिएकी छन्। उनले सामाजिक संजाल ट्विटरमा लेखेकी छन्–मानिसहरुले मलाइकाका विषयमा धेरै प्रकारका कुरा लेखे। मैले उहाँलाई आधुनिक जमानाकी आमा भने। तर सबै जनाले तस्वीरलाई लिएर सुझाव दिइरहेका छन्। कृपया धेरै कल्पना गर्न छोड्नुस त्यो राम्रो होइन।’
रंगोलीले बलिउड कलाकारमाथि यस्तो टिप्पणी गरेको यो पहिलो पटक भने होइन। केही समय अगाडि उनले करण जोहरको नयाँ फिल्म ‘तख्त’ का विषयमा पनि टिप्पणी गरेकी थिइन्।
Facebook Comment