ट्रेडिङमा ‘गो ब्याक इण्डिया’
काठमाडौं। भारतले हालै जारी गरेको आफ्नो नक्शामा नेपालको भूमिसमेत समावेस गरेपछि नेपालमा त्यसको चर्को विरोध भएको छ। सरकार, प्रमुृख दलहरु, विद्यार्थी संगठन, पेशाकर्मी तथा बुद्धिजिवीहरुले भारतीय कदमको विरोध गरेका छन्।
The government of Nepal has just released the new Map of Nepal!? #Backoffindia
Cr: facebOOk pic.twitter.com/MSQqA0DwCG— ?????? 🙂 (@itsmanishy) November 6, 2019
बुधबार राजधानीलगायतका देशका विभिन्न स्थानमा स्थानमा ‘गो ब्याक इण्डिया’को नारा लागेको छ। यता सामाजिक सञ्जालहरुमा पनि यो गो ब्याक इण्डिया नारा भाइरल भइरहेको छ। बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा गो ब्याक इण्डिया ह्यास ट्याग ट्रेण्ड गरिरहेको छ।
Newspaper from 2053? 23 yrs passed but the story is still same?#BackOffIndia pic.twitter.com/3f1FXkpfhb
— Bhaskar Gyawali (@BhaskarGyawali4) November 6, 2019
नेपालमा गो ब्याक इण्डिया एक नम्बर ट्रेडिङमा आएको छ। यो समाचार तयार पार्दासम्म बिहीबार साढे ११ बजेसम्म करिब ५ हजार ट्वीट गरिएको छ। २०७२ सालमा नेपालको संविधान जारी हुँदा नेपालमा पहिलो पटक गो ब्याक इण्यिाको नारा लागेको थियो।
Give our land back#BackOffIndia pic.twitter.com/INLhQKQS3l
— Nishant Khanal??????? (@NishantKhanal20) November 6, 2019
यतिबेला भने सीमा मिचिएको विरोधमा यो नारा लागेको हो। सुदुरपश्चिम प्रदेशमा पर्ने दार्चुला जिल्लाको कालापानी, लिम्पुयधरा र लिपुलेकलाई भारतले आफ्नो नक्शामा समावेस गरेको छ।
Facebook Comment