पोखराको मुख्य निर्वाचन कार्यालय अगाडि विस्फोट

डिसी नेपाल
२१ कार्तिक २०७६ १३:०८

कास्की । पोखरामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै संकास्पद् वस्तु विस्फोट भएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचको मनोनयन दर्ताको समय सुरु हुनासाथ बिहीबार (आज) मूख्य निर्वाचन कार्यालय नजिकै राष्ट्रबैँक चोकमा रहेको निर्माणाधिन पोखरा पर्यटक बसपार्क अगाडि विस्फोट भएको हो ।

विस्फोट भएको आवाज आए पनि  बम नै हो वा अन्य कुनै वस्तु हो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार जोशीले डिसीनेपालाई बताए ।

प्रहरीका अनुसार उक्त विस्फोटबाट कुनै मानविय तथा भौतिक क्षति नभएको र विस्फोटमा संलग्नको खोजी कार्य भईरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *