उपनिर्वाचन २०७६ः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डिसी नेपाल
२१ कार्तिक २०७६ १६:१२

काठमाडौं । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्ष्य गरी पौवादुङ्मा गाउँपालिका, च्याङ्ग्रेमामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

निर्वाचनको काम बुधबारदेखि सञ्चालन गर्ने गरी कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका निमित्त कार्यालय प्रमुख दिव्येश्वरी जोशीले जानकारी दिए ।

आयोगले जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलनाथ रेग्मीलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । कार्यालयको उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत रेग्मीले निर्वाचनलाई तटस्थ, निष्पक्ष तथा मतदाताले भयरहित ढङ्गले मत खसाल्नका लागि पार्टी प्रतिनिधि तथा सबैको सहयोग आवश्यक भएको बताए ।

पौवादुङ्मा १ श्यामशिलामा हुने उपनिर्वाचनमा एक हजार ६१६ मतदाताले भाग लिँदै छन् । निर्वाचनमा महिला ८४२ र पुरुष ७७४ मतदाता छन् । तत्कालीन १ नम्बर वडाका वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निमोनियाका कारण गत साउनमा मृत्यु भएपछि वडाध्यक्ष पद रिक्त थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *