‘सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ’

डिसी नेपाल
२१ कार्तिक २०७६ १७:२०

काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारले पोषणसम्बन्धि कार्यक्रमलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।

उपप्रधानमन्त्री यादवले सबै नागरिकलाई स्वस्थ राख्ने गरी पोषणयुक्त खाद्यान्नको व्यवस्थापन हुने गरी नेपाल सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गरेको बताएका हुन् ।

काठमाडौंमा सुरु भएको पोषणसम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको बिहीबार समापन गर्दै उनले नेपालको संविधानले नागरिकको स्वास्थ्यसम्बन्धि हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको पनि स्मरण गराए ।

उपप्रधानमन्त्री यादवले सरकारले गरिवी निवारण र भोकमरीको अन्त्य हुने गरी पोषणयुक्त खाद्यान्नको व्यवस्थापन गर्न सार्क राष्ट्रहरुसँग पनि सहकार्यका साथ काम गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा केन्द्रित हुन निजी क्षेत्रलाई आग्रह गरे । निजी क्षेत्रले खाद्यान्न उत्पादन र वितरण गर्ने भएकाले उनीहरुले पोषणयुक्त खाद्यान्न व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले नेपाल सरकारले पोषणयुक्त खाद्यान्न उत्पादन र बजारीकरणका लागि आवश्यक नीति लिइरहेको दावी पनि गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *