विदेशबाट सञ्चालित २ दर्जनबढी कलेज खारेज गर्ने सरकारको तयारी

डिसी नेपाल
२१ कार्तिक २०७६ १८:११

काठमाडौं । सरकारले विदेशी निकायबाट सम्बन्धन प्राप्त दुई दर्जन बढी कलेजहरुलाई खारेज गर्ने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपाल सरकारको विधि र प्रक्रियासम्मत ढंगले सञ्चालन नभएका दुई दर्जनबढी विदेशी निकायबाट सम्बन्धन प्राप्त कलेजहरु खारेज गर्ने तयारी गरिएको जानकारी दिएका हुन् ।

दर्तासमेत नभएका, राजश्व पनि नबुझाएका वाईल्ड इन्सिच्यूड अफ एडभान्स काठमाडौ, ब्रिज वाटर इन्टरनेशनल सिनामंगल, माल्पी इन्टरनेशनल कलेज काठमाडौंलगायतका कलेजहरुलाई सरकारले खारेज गर्ने तयारी गरेको हो । प्रक्रियागत ढंगले सञ्चालन नभएका ती कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिन समय पनि दिइएको मन्त्री पोखरेलले बताए ।

सरकारको नीति, नियम र निर्देशिका विपरित चलेपछि ती कलेजहरु खारेज गर्ने निष्कर्षमा पुग्नु परेको पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *