भारतसँगको सीमा समस्या समधान गर्न कुटनीतिक र राजनीतिक प्रयास गर्ने सरकारको भनाई

डिसी नेपाल
२१ कार्तिक २०७६ १८:१६

काठमाडौं। भारतले नयाँ जारी गरेको नक्शामा नेपाली भूमि पनि समेटिएपछि नेपालमा व्यापक विरोध भइरहेका बेला सरकारले भारतसँगको सीमा विवाद समधानका लागि कुटनीतिक र राजनीतिक प्रयास थालिने बताएको छ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो बताएका हुन्।

उनले भारतले नयाँ जारी गरको नक्शाबारे नेपालले आफ्नो अडान राखिसकेको भन्दै कालापानी र लिपुलेक नेपालकै भएको ऐतिहासिक तथ्यहरु र प्रमाणहरु रहेको बताए।

उनले हाल भारतको नक्शामा समेटिएको भनिएका क्षेत्रमा नेपालले २०१८ मै जनगणामा समेटेको उल्लेख गर्दै समस्या समधानका लागि कुटनीतिक र राजनीतिक पहल गरिने बताए। उनले सरकार देशको सार्वभौमिकता रक्षाका लागि प्रतिबद्ध रहेकोसमेत बताए।

उनले भारतसँग लिपुलेक र कालापानीमा मात्र समस्या नरहेको भन्दै अनेत्र पनि समस्या रहेको बताए । सबै समस्या कुटनीति रुपमा समधान गर्न नेपालले पहल गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *