आलम प्रकरण : थुनछेक बहस शुक्रबार

डिसी नेपाल
२१ कार्तिक २०७६ १८:३६

रौतहट । पूर्व मन्त्री नेपाली कां‌ग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको थुनछेक बहस भोलि हुने भएको छ।

२०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ ।

पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, अधिवक्ताहरु पुष्पराज पौडेल, ओमप्रकाश अर्याल दिनेश त्रिपाठी डा। कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।

प्रतिवादी आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहट आएका छन् ।

यसअघि बिहीबार नै आलमको बयान सकिएको थियो । आलमलाई जम्मा ५१ बटा प्रश्न सोधिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *