भारतीय नक्सा विवाद : मुगुमा पनि विरोध प्रर्दशन
मुगु । भारत सरकारले एक पक्षिय रुपमा ल्याएको राजनैतिक नक्शामा नेपालको कालापानी र लिपुलेख ओघटेको विरोधमा आज यहाँ प्रर्दशन गरिएको छ ।
मुगु जिल्ला स्थित रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत विरुद्घ चर्का चर्का नारा लगाउदै सदरमुकाम गमगढी बजार परिक्रमा गदै विरोध प्रर्दशन गरिएको हो ।
पुर्खाको रगत पसिनाले आर्जन गरेको नेपालको भू–भाग एक ईन्च पनि गुमाउन हामी चाहदैनौ राज्यले आदेश मात्र देओस हामी मर्न पनि तयार छौ । रारा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति चन्द्र प्रकाश मल्लले बताए ।
कालापानी, लिपुलेख मात्र हाईन नेपालको साविकको नक्सा नै विग्रने गरि भारत र चीनले मिचेका नेपालका अन्य भू–भागको समेत कुटनैतिक तबरबाट पहल गरि फिर्ता ल्याउन पनि आन्दोरत विद्यार्थीहरुले सरकार समक्ष माग गरेका छन् ।
विरोध र्यालीमा सहभागीहरु नेपाली भू–भाग फिर्ता गर!, सीमा मिच्न पादैन!, यस्तो छिमेकी चाहिदैन!, गोर्खालीका सन्तान हौं!, पछि हामी हटदैनौ!, अघि बढ सरकार हामी तिम्राे साथमा छौंजस्ता नारा लगाउँदै र पलेकाड बोकेर सदरमुकाम गमगढीको कृष्ण चोक, मेयर चोक अदालत चोक हुँदै पुन कृष्ण चोक पुगेर बजार परिक्रमा गरेको थियो ।
प्रर्दशनमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियूका विद्यार्थी कार्यकर्ता र स्वतन्त्र युवाहरुको सहभागिता थियो ।
Facebook Comment