म्यानमारसँग हार्यो नेपाल
काठमाडौ । बिहीबार भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।
बिहीबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा दुई गोल ब्यहोरेको नेपालले दोस्रो हाफ थप एक गोल खाएको थियो ।
कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले कुवेतविरुद्वको खेल अगाडी मैत्रीपूर्ण फुटबल खेलेको हो ।
खेलको तेस्रो मिनेटमै नेपाल पछाडी पर्यो । म्यानमारका म्यीन्ट तुन अउङ्गले हेडिङ मार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो गोल म्यानमारले पहिलो हाफमा अतिरिक्त समयमा गर्यो । उसका डेभिड हटनले गोल गरेका थिए ।
गोलरक्षक विकेश कुथुको रिवाउण्डमा उनले सिक्स यार्ड बक्सबाट गोल गरेका थिए ।
अन्तिम गोल म्यानमारले खेलको ६९ मिनेटमा गर्यो ।
सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ ।
छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ ।
नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो ।
दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेल जोर्डनसँग ३–० ले गुमाएको थियो ।
Facebook Comment