पूर्वमन्त्री तथा व्यवसायही रुप ज्योती पक्राउ

डिसी नेपाल
२१ कार्तिक २०७६ २१:३७

काठमाडौं। पूर्वमन्त्री तथा व्यवसायी रुप ज्योती पक्राउ परेका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलबाट पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ।

उनलाई काठमडौं प्रहरी परिसरले पक्राउ गरेको हो। हाउजिङ कम्पनीमा ठगि गरेको मुद्दा खेपेका उनलाई सोही आरोपमा पक्राउ गरिएको हो।

विदेशमा रहेका ज्योती नेपाल फर्केपछि विमानथलबाटै पक्राउ परेका हुन्। उनलाई २०७५ मंसिरमा जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेको थियो।

तर, सो पक्राउ पूर्जीविरुद्ध पूर्व अर्थ सहायकमन्त्रीसमेत रहेका ज्योती सर्वोच्च पुगेर अन्तिरम आदेश लिएका थिए। अन्तरिम आदेशपछि पक्राउ पर्नबाट जोगिएका ज्योती सर्वोच्च अदालतले पक्राउ गर्न सकिने फैसला गरेसँगै पक्राउ परेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *