स्टम्प गरेर पनि ऋषभ पन्तले गरे ठूलो गल्ती, सामाजिक संजालमा खिल्ली उडाइँदै
काठमाडौं। भारतीय टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त विगत केही समयदेखि ब्याटिङका कारण आलोचित छन् । तर, बंगलादेशविरुद्ध हिजो राजकोटमा खेलिएको खेलमा भने ऋषभले विकेटकिपिङमा ठूलो गल्ती गरे । ऋषभ पन्तले विकेटपछाडि रहेर मनौं टम्प गर्न नै बिर्सिएका थिए । ऋषभको यही कमजोर विकेटकिपिङको फाइदा बंगलादेशी ब्याट्सम्यानले पाए ।
#RishabhPant messes up !! ??♂️??♂️??♂️ pic.twitter.com/3rEVqnNG7Z
— Nishant Barai (@barainishant) November 7, 2019
छैटौं ओभरको तेस्रो बलमा युजवेन्द्र चहलले बंगलादेशका ओपनर लिटन दासलाई ऋषभ पन्तको हातबाट स्टम्प गराए । त्यपछि भारतीय टिमले विकेटको खुसी पनि मनाए । तर उनीहरुको खुसी धेरै समय टिक्न पाएन । लिटन दार स्टम्प भएपछि यसको निर्णय थर्ड अम्पायरकहाँ गयो । भिडियो रिप्लेमा ऋषभले बल विकेटको अगाडिबाट समातेको देखियो जसका कारण यसलाई नो बल ठहर गरियो ।
Facebook Comment