बलात्कारी बाबाकी कथित छोरी हनीप्रित जेलबाट छुटिन्
सिरसा। पंचकुला हिंसा भड्काएको आरोपमा ८०३ दिनदेखि अम्बाला सेन्ट्रल जेलमा बन्द हनीप्रित बुधबार जमानतमा जेलबाट छुटेकी छिन् । जेलबाट बाहिर आएपछि हनीप्रित सिधै सिरसामा डेरा सच्चा सौदामा पुगिन् । हनीप्रितले डेरामा गाडीहरुको लस्करका साथ प्रवेश गरिन् । बाबा गुरमित राम रहिमको गुफामा केही समय बिताएपछि उनी आफ्नो कोठीमा गइन् । हनीप्रित डेरा सच्चा सौदामा फर्किएपछि अब डेराको जिम्मेवारी उनी आफैंले सम्हाल्नेछिन् वा बाबा राम रहिमको रिहाइको प्रयास गर्नेछिन् भन्ने प्रश्न पनि उठिरहेको छ ।
जेलबाट निस्किएपछि तीनवटा गाडी लिएर हिँडेकी हनीप्रित डेरामा पुग्दासम्म गाडीको लस्कर बढेर ३० पुगेको थियो । जहाँजहाँबाट हनीप्रित अगाडि बढिन् त्यहाँका डेराका गाडी उनको साथमै गएका थिए । करिब २५० किलोमिटरको बाटोमा हरेक ठाउँ उनको स्वागतको लागि मानिसहरु उभिएका थिए ।
Facebook Comment