डेभिड मलान र इयान मोर्गनको तुफानी ब्याटिङ, न्यूजिल्याण्डलाई २४२ रनको लक्ष्य
काठमाडौं। न्यूजिल्याण्डविरुद्धको चौथो टि–२० मा इङल्याण्डले २४१ रन बनाएको छ । डेभिड मलान र कप्तान इयान मोर्गनको तुफानी ब्याटिङपनि इङल्याण्डले बलियो स्कोर बनाएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङल्याण्डले पहिलो विकेट १६ रनको स्कोरमै गुमाएको थियो । व्यक्तिगत ८ रनमा जोनी बेयरिस्टो आउट भएका थिए । त्यसपछि अर्का ओपनर टम ब्यान्टन पनि टिमको स्कोर ५८ रन हुँदा व्यक्तिगत ३१ रनमा आउट भए ।
त्यसपछि भने डेभिव मलान र कप्तान इयान मोर्गनले तुफानी इनिङ खेले । मलान ५१ बलमा १०३ रन बनाउँदै नटआउट रहे । उनले ९ चौका र ६ छक्का प्रहार गरे । कप्तान मोर्गन ९१ रनमा आउट भए । उनले ४१ बल खेल्दा ७ चौका र ७ छक्का प्रहार गरे । कप्तान मोर्गनसँग एउटै टि–२० मा २ जना ब्याट्सम्यानले शतक बनाएको दुर्लभ रेकर्ड बनाउने अवसर थियो । तर अन्तिम ओभरमा उनी यो रेकर्ड बनाउनबाट चुके । अहिलेसम्म टि–२० को एउटै इनिङमा २ जना ब्याट्सम्यानले शतक बनाउन सकेका छैनन् ।
Facebook Comment