भारतद्वारा नेपालगञ्ज नाका बन्द

डिसी नेपाल
२३ कार्तिक २०७६ ८:३६

काठमाडौं । पछिल्लो समय भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा जारी गरेसँगै देशभर भारतको व्यापक विरोध भईरहेका बेला भारतले नेपालगञ्ज नाका बन्द गरेको छ ।

भारतले नक्सा विवादमा नाका बन्द गरेको नभई आज (शनिबार) भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ ।

पूर्व सूचना दिँदा घुसपैट हुन सक्ने भन्दै एक्कासी आज बिहानबाट नाका बन्द गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् । एक्कासी नाका बन्द हुँदा भारततर्फ जान लागेका नेपाली अलपत्र परका छन् ।

भारतीय पक्षले नेपालगञ्जबाट बिरामी बोकेका एम्बुलेन्स बाहेक कसैलाई प्रवेश गर्न दिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *