सय करोड पारिश्रमिक लिएर फिल्म खेल्दै अक्षय कुमार
एजेन्सी । बलिउडका चर्चित नायक अक्षय कुमारले आगामी फिल्ममा १०० करोड पारिश्रमिक लिने भएका छन् । प्रसिद्ध बलिउड निर्माता वासू भगनानीले उनीमाथि यति धेरै लगानी गर्न लागेका हुन् ।
अक्षय कुमारले एक एक्शन फिल्मको लागि पारिश्रमिक बापत सो रकम लिन लागेका हुन् । हिन्दी सिनेमामा, अक्षय पहिलो स्टार हुन् जसले एक फिल्मको लागि यति ठूलो सम्झौतामा हस्ताक्षर गरे । तर उनले हस्ताक्षर गरेको फिल्मको नाम भने खुलाइएको छैन । यो फिल्म वास्तविक जीवन घटनाबाट प्रेरित रहेको फिल्म युनिटले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment