आर्सनलका खेलाडीलाई लुट्न खोज्ने २ लुटेरा जेल चलान

डिसी नेपाल
२३ कार्तिक २०७६ १०:५३

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनलका मिडफिल्डर मोसिट ओजिल र डिफेन्डर सिड कोलासिनाचलाई लुटपाट गर्न खोज्ने दुई लुटेरा जेल चलान भएका छन् । गत साउनमा लण्डनमा ओजिल र कोलासिनाचलाई लुटपाट गर्न खोज्ने दुई व्यक्ति जेल चलान भएका हुन् । चेल चलान हुनेमा ३० वर्षीय एस्ले स्मिथ र २६ वर्षीय जोर्डन नर्थओभर रहेका छन् ।

दुवै जनाले ओजिल र कोलासिनाचलाई लुट्ने प्रयास गरेको स्वीकार गरेका छन् । स्मिथलाई १० वर्षको जेल सजाय भएको हो । जोर्डनको जेल सजाय भने तोकिएको छैन । लण्डनस्थित एक सडकमा स्मिथ र नर्थओभरले ओजिल र कोलासिनाचलाई लुट्ने प्रयास गरेका थिए । तर,उनीहरुको प्रयास विफल भएको थियो ।ओजिल र कोलासिनाचले बहादुरीपूर्ण तरिकाले दुवैलाई लखेट्न सफल भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *