नेविसंघलाई देउवाको निर्देशन – ‘भारतविरोधी आन्दोलन अझ सशक्त पार्नू’
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट अतिक्रमित नेपाली भूमिबारे भइरहेको आन्दोलन सशक्त पार्न नेवि संघलाई निर्देशन दिएका छन् ।
आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले नेवि संघका नेताहरुलाई आन्दोलन थप चर्काउन निर्देशन दिएका हुन् । लिम्पियाधुरा, कालीपानी, लिपुलेकलाई भारतले आफ्नो नक्सामा पारेपछि विभिन्न दलका विद्यार्थी संगठनले आन्दोल गरिहेका छन् ।
सभापति देउवाले भारतीय नक्सा सच्याउन राष्ट्रिय एकता आवश्यक रहेको बताए । यसबारे भारतीय राजदूत र कुटनीतिज्ञसँग ध्यानाकर्षण गराइसकेको सभापति देउवाले बताए ।
जम्मु–कश्मीर सहित भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूमि समेत समेटेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार दिउँसो चार बजे सर्वदलीय बैठक नै बोलाएका छन् । साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएका हुन् ।
Facebook Comment