टि–२० मा एमसीसीसँग नेपाल ११३ रनले पराजित

डिसी नेपाल
२३ कार्तिक २०७६ १३:४९

काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब एमसीसी सँग नेपालको मिक्स टिमले टि–२० खेलमा ११३ रनको पराजय व्यहोरेको छ । आज टियु क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा १९० रनको लक्ष्य पच्छ्याएको नेपाल १३.१ ओभरमा ७६ रनमै अलआउट भएको हो ।

नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए । कुशल भुर्तेलले १४, सन्दिप जोराले १६, भीम सार्कीले १३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनायो। एमसीसीका लागि बिल्ली गोडलम्यानले ५४ रनको अर्धशतकीय पारी खेले। यस्तै एड योङले ४२ रन तथा माइल्स हेमण्डले २९ बनाए। नेपालका लागि राशिद खानले ३ विकेट लिए। नेपाल रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *