हिन्दु – मुस्लिमलाई सद्भाव कायम राख्न प्रधानमन्त्री मोदीको आग्रह

डिसी नेपाल
२३ कार्तिक २०७६ १५:१८

नयाँ दिल्ली। भारतको सर्वोच्च अदालतले अयोध्याको हिन्दु र मुसलमानबीचको विवादास्पद जमिन हिन्दुलाई राम मन्दिर निर्माणका लागि दिने फैसला सुनाएलगत्तै भारतीय प्रधानमनमन्त्री नरेन्द्र मोदीले हिन्दु र मुसलमान दुवै समुदायलाई सद्भाव राख्न अपिल गरेका छन् । उनले शनिबार ट्वीटमार्फत् कसैको हार या जीत नसोच्न भने ।

मोदीले ट्वीटमा भनेका छन्, ‘यो फैसलालाई कसैको हार या जीतका रुपमा देख्नु हुँदैन । रामभक्ति या रहीमभक्ति किन नहोस् यो समय सबैले भारत भक्तिको भावना सशक्त गर्ने बेला हो । देशवासीलाई म शान्ति, सद्भाव र एकता कायम राख्न अपिल गर्दछु ।’

अयोध्याको जनिमा हिन्दुको पक्षमा फैसला भएपछि हुनसक्ने सम्भावित हिंसालाई दृष्टिगत गरी मोदीको पछिल्लो ट्वीट आएको हो । यसैगरी, भारतका विशिष्ट अधिकारीहरुले पनि शान्ति र सद्भावका लागि अपिल गरेका छन् । सम्भावित हिंसाको खतरालाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । उत्तर प्रदेशमा तीन दिनसम्म विद्यालय र कार्यालयहरु बन्द गरिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *