आयुष्मानको चलचित्र ‘बाला’ले कमायो पहिलो दिन १० करोड

डिसी नेपाल
२३ कार्तिक २०७६ १५:२९

एजेन्सी। आयुष्मान खुराना, भूमी पेडनेकर र यमी गौतमको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘बाला’ले बक्सअफिसमा उत्कृष्ट सुरुवात गरेको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन १०.१५ करोडको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्। चलचित्रको व्यापार दोस्रो र तेस्रो दिन अझै बढ्न सक्ने बताइएको छ।
‘बाला’ आयुष्मानको सबैभन्दा बढी ओपनिङ गर्ने चलचित्र समेत बनेको छ। यसअघि सेप्टेम्बर १३ देखि प्रदर्शनमा आएको उनकाे चलचित्र ‘ड्रिम गर्ल’ले पहिलो दिन १०.०५ करोडको व्यापार गरेको थियो।

‘बाला’ आयुष्मानको मुख्य अभिनय रहेको १३ औँ चलचित्र हो। उनी सन् २०१२ मा ‘विक्की डोनर’ बाट बलिउडमा डेब्यु गरेका थिए।

अमर कौशिकको निर्देशन रहेको चलचित्र ‘बाला’मा आयुष्मान एक जना तालु खुइलिएको पात्रको भूमिकामा देखिएका छन्। तालु खुइलेका व्यक्तिहरुलाई मानिसहरुले गर्ने व्यवहार र उनीहरुले समाजमा भोग्ने समस्यालाई चलचित्रमा देखाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *