बङ्गलादेशका राष्ट्रपति मङ्गलबार नेपाल आउँदै

डिसी नेपाल
२३ कार्तिक २०७६ १६:२०

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन्।

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्नेछिन्।

बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

उनीसँग नेपालका राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन्।

नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौँ उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन्।




प्रतिक्रिया

One thought on “बङ्गलादेशका राष्ट्रपति मङ्गलबार नेपाल आउँदै

  1. हिन्दुस्तानले ” राम मन्दिरको पक्षमा सर्वोच्चको फैसला ” :- हिन्दुस्तानमा पसेको , गरीब मुस्सलवान ले ( mussalwaan ) समस्या गरेको रे खाना को लागि _ _ _ _ mussalwaan मुस्सलवानको भनाइ अनुसार , ” के गर्न खोजेको ??? ” अनि राम त्यहा नजन्मेको रे ? ” फेरी चोरन थालेयो , इंडिया , मुस्सलवान ले। तर राम भनेको देउता हो , बिनास मुस्सलवानकै हुन्छ। मुस्सलवान ले बिनासको बाटो रोजेयो। भीख मागनु को पनि सीमा हुन्छ। तर तेत्ति सम्म होईना। अर्काको देशमा त्यस्तो हैना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *