उपनिर्वाचन २०७६ः :प्रतिनिधिसभा र प्रदेशसभा उम्मेद्वारको अन्तिम नामावली आज प्रकाशित हुँदै

डिसी नेपाल
२४ कार्तिक २०७६ ११:०६

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचनमा उम्मेद्वारी दर्ता गराएकाहरुको अन्तिम नामावली आज प्रकाशित गर्दै छ ।

कार्तिक २१ गते (बिहीबार) प्रतिनिधिसभामा १ र प्रदेशसभामा ३ रिक्त स्थानका लागि ६५ उम्मेदवारले मूख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।

कार्तिक २२ गते ११ बजेदेखि दिउँसो १ बजेसम्मका उम्मेद्वारीविरुद्ध उजुरी दिने समय निर्णारण गरेको आयोगले २३ गते  (शनिबार) सोही उजुरी उपर जाँचबुझ गरी दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरेको थियो ।

आज (आइतबार) उम्मेद्वारी फिर्ता लिने समय सकिए लगत्तै अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदमा मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *