बक्स अफिसमा बालाको आक्रामक व्यापार, दोस्रो दिनको कमाइ झनै बढी
मुम्बइ। अभिनेता आयुष्मान खुरानाको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाला’ ले बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । प्रदर्शनको दोस्रो दिन शनिबार १५.७३ करोडको कलेक्सन गरी २ दिनमा २५.८८ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दोस्रो दिन बक्स अफिसमा आएको वृद्धिको खुशी आयुष्मानले ट्विटरमा सेयर गरेका छन् । उनले चलचित्रको पोस्टर अगाडि साइकलमा सवार कपाल नभएका व्यक्तिको फोटो सेयर गर्दै यो चलचित्र उनको र बाला टिमको मात्रै नभई चलचित्रको बालाजस्तै सर्वसाधारणको भएको बताएका छन् ।
सँगै उनले मनोरञ्जनात्मक शैलीमा चलचित्रले दिन खोजेको बलियो समाजिक सन्देशलाई दर्शकले बुझिलिएकोमा खुशी भएको पनि बताएका छन् । साथै उनले दर्शकलाई धन्यवाद पनि दिएका छन् । यो चलचित्र उमेरमै सबै कपाल झरेर तक्लु भएका युवाको संघर्षको कथा हो ।
Facebook Comment