कलाकारको गुनासो : सरकारले हामीलाई उचित सम्मान गरेन
काठमाडौं।
घुम्तीमा नआउ है
आँखा तिमी जुधाउन
बाँधिए माया फेरि
गाह्रो हुन्छ फुकाउन
यी हरफहरु वरिष्ठ गायक प्रेम ध्वज प्रधानको स्वरमा सजिएको ‘घुम्तीमा नआउ है’ गीतका हुन्। यो गीत कालजयी छ। प्रेमध्वज प्रधान नेपाली सांगीतिक जगतमा एउटा अमर नाम हो। विसं १९९४ सालमा उनको बुवा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट सिन्धुपाल्चोकको चौतारामा जन्म भएको थियो।
उनका घुम्तीमा नआउ है, तिमीलाई अचेल कहाँ देखु, गोरेटो यो गाउँको, पर लैजाउ फूलहरुलगायतका गीत निकै नै चर्चित छन्। आठ दशक पार गरिसकेका प्रधानलाई शनिबार रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को स्टेजमा उही जोसका साथ सुन्न पाइयो। शनिबार उनी भ्वाइसको स्टेजमा अतिथीका रुपमा पुगेका थिए।
उदाहरणका लागि हामीलाई नै लिन सकिन्छ। हामी हिन्दी राम्ररी बुझ्छौं र बोल्छौं पनि। तर, हामीले न हिन्दी भाषाको कोर्ष लिएका छौं, न त हामी भारतमा बसेका छौं। यो सबै हामीले हिन्दी गीत संगीत र चलचित्रबाट सिकेका हौं। यो कुरा सरकारले नबुझेको हो या बुझ पचाएको हो।
उनले देश तथा विदेशमा थुप्रै अवार्डहरु पाइसकेका छन्। उनलाई सन् १९७० मा भारतको चर्चित इन्डिया फिल्म अवार्ड (आईफा) मा ‘द भ्वाइस अफ नेपाल’ को नामलेसमेत सम्मानित गरिसकेको छ। अन्तर्राष्ट्रिय जगतलेसमेत विशेष सम्मान गरिसक्दा पनि नेपाल सरकारले उनलाई अझै उचित सम्मान गर्न सकेको छैन।
शनिबार ‘द भ्वाइस अफ नेपाल’का कोच दीपको यस्तै गुनासो थियो। उनले भारतमा पाएको सम्मानको कुरा जोड्दै भने, ‘यस्तो धेरै टाइटलहरु देश विदेशमा पाउनु भयो उहाँले तर, नेपाल सरकारले अहिलेसम्म पनि कुनै राम्रो टाइटल दिन सकेको छैन। यो बडो दुःख लाग्दो कुरो हो।’ उनले अगाडि थपे, ‘हामीले यस्ता स्टेजबाट धेरै पटक भनिसक्यौं यस्ता कुराहरु देशले मान दिवस्। कि हामी त्यति योग्य छैनौं र? ८४ वर्षको उमेरमा हामीलाई एैले गीत सुनाउँदै हुनुहुन्छ।’
गायन मात्रै नभएर सम्पूर्ण कला क्षेत्रप्रति नै सरकारले ध्यान नदिएको देखिन्छ। उदाहरणका लागि तत्कालीन बोर्ड अध्यक्ष शम्भुजित बाँस्कोटाले २०६२ असार २७ गते नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सप्ताहव्यापी कार्यक्रम गरी तत्कालीन राष्ट्रप्रमुख ज्ञानेन्द्र शाहलाई ल्याई राष्ट्रिय चलचित्र पुरस्कारको सुरुवात गराएका थिए। तर त्यसपछिको एक दशक राष्ट्रिय अवार्डले राष्ट्र प्रमुखको साथ पाउन सकेन।
२०६३ कै अवार्ड चार वर्षपछि मात्रै प्रदान गरियो। २०६५ को अवार्ड पनि दुई वर्षपछि दिइयो। त्यसपछि पनि चलचित्र विकास बोर्डले २०७३, २०७४ र २०७५ सालका तीन अवार्ड २०७६ असार २७ गते एकसाथ प्रदान गर्यो। गीत, संगीत र चलचित्रले हाम्रो कला, संस्कृतिको जगेर्ना गर्छ ।
भाषा तथा संस्कृतिको अन्तर्राष्ट्रियकरणका लागि पनि गीत, संगीत तथा चलचित्र उपयुक्त माध्यम हो। उदाहरणका लागि हामीलाई नै लिन सकिन्छ। हामी हिन्दी राम्ररी बुझ्छौं र बोल्छौं पनि। तर, हामीले न हिन्दी भाषाको कोर्ष लिएका छौं, न त हामी भारतमा बसेका छौं। यो सबै हामीले हिन्दी गीत संगीत र चलचित्रबाट सिकेका हौं। यो कुरा सरकारले नबुझेको हो या बुझ पचाएको हो।
त्यो त सरकारलाई नै थाहा होला। सरोद वादक सुदर्शन राजोपाध्याय पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्डबाट सम्मान भइसकेका छन्। गएको साउन महिनामा मात्रै उनी भारतको राजस्थानमा ‘इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड–२०१९’ बाट सम्मान भएका थिए। तर उनलाई पनि नेपाल सरकारले उचित सम्मान गर्न सकेको छैन। तर उनी नेपाल सरकारले सम्मान नगर्नुमा नेपाल सरकारको खासै दोष देख्दैनन्।
यसमा उनी मिडियाको दोष देख्छन्। मुलधारका मिडियाले कला छेत्रलाई महत्व नदिएर सरकारको ध्यान जान नसकेको उनको बुझाई छ। उनी भन्छन्, ‘सरकारमा बस्नेहरुलाई सम्बन्धित व्यक्तिहरुले खबर नपुर्याको हो की जस्तो लाग्छ। यसमा मेरो बिचारमा मिडिया नै कमजोर भएको हो की जस्तो लाग्छ।
उनी अगाडि भन्छन्, ‘म्यासेज पुर्याउने काम त मिडियाको हो। तर मिडियाले राजनीति बाहेक अरुको समाचार नै लेख्दैनन्। मिडिया नै गलत ढंगले गइरहेको छ जस्तो लाग्छ मलाइ।’
Facebook Comment