विद्यापतिको ठूलो भूमिका छ : उपसभापति निधि

डिसी नेपाल
२४ कार्तिक २०७६ २२:३१

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले मैथिली भाषा साहित्यलाई समृद्ध गर्न विद्यापतिको तुलना अरुसँग कसैसँग गर्न नमिल्ने बताएका छन् ।

मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा विद्यापति स्मारक संरक्षण समितिले आज जनकपुरमा आयोजना गरेको ‘विद्यापति स्मृति पर्व’ को उद्घाटनमा निधिले जीवन, व्यवहार र सामाजिक प्रणाली सञ्चालनमा विद्यापतिको ठूलो भूमिका रहेको उल्लेख गरे ।

निधिले भने, ‘विद्यापतिद्वारा लिखित मैथिली साहित्यको मैथिली भाषी मात्र नभएर नेपाली साहित्यकारसमेत प्रशंसक छन् । विद्यापतिले मैथिली भाषा संवद्र्धन र प्रवद्र्धनका लागि दिएको योगदानको तुलना गर्न सकिन्न् ।’

मैथिली भाषाको प्राचीन इतिहास रहेको भन्दै उपसभापति निधिले प्रदेश नं २ को नामाकरण मिथिला र राजधानी जनकपुर हुनुपर्नेमा पुनः जोड दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *