मुलुक निर्माणको प्रक्रियामा अघि बढ्यो : मुख्यमन्त्री राई

डिसी नेपाल
२४ कार्तिक २०७६ २३:१७

झापा । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक विकास निर्माणको प्रक्रियामा अगाडि बढीरहेको बताएका छन् ।

झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले भने, ‘मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ ।’

मुख्यमन्त्री राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल निर्माणको महाअभियानलाई साकार पार्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । सरकारले प्रदेश नं १ मा चीन र भारतका धेरै नाकाहरु खोल्ने तयारी गरिरहेको उनले बताए । मुख्यमन्त्री राईले झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको शिलान्यास गरेका हुन् ।

पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब ४ करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७.८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ । उक्त सडकको ती वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *