‘बोल्ड’ निर्णय गर्दै सक्रिय प्रधानमन्त्री ओली

डिसी नेपाल
२५ कार्तिक २०७६ ७:१६

काठमाडौं। सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराएर भदौ २० गते स्वदेश फर्किएपछि प्रधानमन्त्री केपी ओली निकै सक्रिय भए। दैनिक जसो सार्वजनिक कार्यक्रममा देखिएका प्रधानमन्त्री ओलीले त्यही बीचमा बाक्लो भेटघाटसमेत गरे।

मृगौलाको समस्याका कारण अघिल्लो सातामात्रै हेमोडायलाइसिस गराएर अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री ओलीले एक पछि अर्को ‘बोल्ड’ निर्णय गर्दै आफूलाई सक्रिय पारेका छन्। प्रत्येक दिन जस्तो भएका एक पछि अर्को बोल्ड निर्णयलाई हेर्ने हो भने उनी सरकारका काम कारवाहीलाई चुस्तता दिने मुडमा पुगेको देखिन्छ।

दुई तिहाइ बहुमतको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लागिरहेका बेला प्रधानमन्त्री केपी ओली भने जनताल महशुश गर्ने गरी काम गर्न सक्रिय भएका छन्। प्रधानमन्त्री ओलीले मुलुक दैनिक एक कदम अगाडि बढ्ने गरेको बताउँदै आएका छन्। प्रधानमन्त्री ओलीले सधै्र झै भन्ने गरेका छन् –‘कुनै पनि बहानामा ढिलो गर्ने छुट कसैलाई छैन।’

अहिले उनले आफ्नो सचिवालयका सबै सदस्यलाई राजीनामा गर्न लगाएको खवर बाहिरिएको छ। सायद सचिवालयका सदस्यको काम कारवाहीबाट उनी सन्तुष्ट छैनन्। त्यसै निकटमै आफ्ना केही मन्त्रीहरु समेत फेरबदल गर्ने योजनामा प्रधानमन्त्री भएको समाचार बाहिरिएको छ। यसबाट के प्रष्ट हुन्छ भने अब उनी नयाँ शिराबाट अघि बढ्न चाहन्छन्। उनी जनअपेक्षाकृत काममा अघि बढ्ने योजनामा छन्।

करिव १२ बर्ष अघि आफ्ना मृगौला प्रत्यारोपण गराई सकेका प्रधानमन्त्री ओलीले केही दिन अघि मात्र मन्त्रिपरिषद्को बैठक डाकी सातै प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्दै नयाँ प्रदेश प्रमुख समेत तोकिसकेका छन्।

त्यसैगरी नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय समेत गराए। अर्को्तिर त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रिक्त उपकुलपति पदमा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेका छन्।

प्रधानमन्त्री ओली दिनहुँ जस्तो सक्रिय रहेका छन्। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समेत अहिले ठिकै रहेको बुझिएको छ ।

स्वास्थ्यका कारण धेरैले उनी देशको प्रमुख कार्यकारी भूमिकामा सक्रिय हुन नसक्ने टिप्पणी गर्दै आएको समयमा प्रधानमन्त्री ओली भने पछिल्ला दिनमा अझ बढी सक्रिय भएका छन्।

शनिबारमात्रै प्रधानमन्त्री ओलीले भारतले हालै नयाँ राजनीतिक नक्सामार्फत नेपालका केही भूभाग अतिक्रमण गरेको सम्बन्धमा सर्वपक्षीय बैठक बोलाई परामर्श गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *