नेकपा अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा चयन

डिसी नेपाल
२५ कार्तिक २०७६ १२:११

काठमाडौं। सत्तारुढ दल नेकपाले अनुशासन आयोगका प्रमुखमा अमृत बोहरालाई चयन गरेको छ। सोमबार बसेको नेकपा सचिवालय बैठकले अनुशासन आयोगको प्रमुखमा बोहरा र सचिवमा अशोक रोकायालाई चयन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसैगरी बैठकले केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेललाई चयन गरेको छ। लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्क कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन्।

यसैगरी बैठकले केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापालाई चयन गरेको छ भने जेष्ठ कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाईँ र सचिवमा गोविन्द ज्ञवाली चयन गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *