उपनिर्वाचन २०७६: मकालुका सबै मतदान केन्द्र संवेदनशील

डिसी नेपाल
२५ कार्तिक २०७६ १३:२३

खाँदबारी। मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ। सङ्खुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि लागि आगामी मङ्सिर १४ मा उपनिर्वाचन हुँदैछ।

खा“दबारी नगरपालिका–३ मा समेत वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। दुवै ठाउँमा निर्वाचन आयोगले ११ मतदानस्थल तोकेको छ। एघार मतदानस्थलमध्ये १० वटा सुरक्षाका हिसाबले संवेदनशील रहेको निर्वाचन कार्यालयका प्रमुख चोलाराज दङ्गालले बताए।

उनका अनुसार १० मतदानस्थललाई जिल्ला सुरक्षा समितिले संवेदनशीलको सूचीमा राखेको हो। सुरक्षाका दृष्टिले १० मतदानस्थललाई संवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए। एक मतदानस्थलको दुई मतदान केन्द्रलाई मात्रै सामान्य संवेदनशीलको सूचीमा राखिएको उनले उल्लेख गरे।

संवेदनशील मतदानस्थलमा नौ हजार एक मतदाता छन् भने १३ मतदान केन्द्र छन्। सङ्खुवासभा मकालु गाउ“पालिकाका १० वटै मतदानस्थललाई सुरक्षाका हिसाबले संवेदनशील मानिएको प्रजिअ दुलाल बताउछन्।

मकालुमा गाउँ अध्यक्ष र खाँदबारी–३ मा वडाअध्यक्षको पदका लागि उपनिर्वाचन मङ्सिर १४ गते निर्वाचन हुँदैछ। उपनिर्वाचन हुने मकालु गाउँपालिकामा नौ हजार एक तथा खाँदबारी नगरपालिका–३ मा एक हजार ८२२ मतदाता छन्। मतदान केन्द्रलाई दुई भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ दुलालले जानकारी दिए।

संवेदनशील मतदानस्थल तथा केन्द्रको सुरक्षा चुनौती हेरेर सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिने प्रजिअ दुलालको भनाइ छ। भौगोलिक विकटता, दलीय प्रतिस्पर्धा र यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर संवेदनशील र सामान्य मतदानस्थलका रुपमा छुट्याइएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *