‘भारतसँग सीमा विवादबारे वार्ताको तयारी भइरहेको छ’

डिसी नेपाल
२५ कार्तिक २०७६ १३:२५

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सीमा विवादबारे वार्ताको तयारी भइरहेको बताएका छन् । यस विषयलाई सरकारले गम्भीरताका साथ लिएर भारतलाई पठाउने औपचारिक प्रस्ताव तयार भइरहेको बताउँदै यसबाट जिष्कर्ष समेत निस्कने विश्वास व्यक्त गरेका छन् । नेकपाको सचिवालय बैठकमा पार्टीका नेताहरुलाई प्रधानमन्त्रीले यस्तो बताएको बैठकमा सहभागी एक नेताले बताए ।

ओलीले भारतले कालापानीलाई आफ्नो राजनीतिक नक्सामा पारेको मामिलामा तुरुन्तै वार्ताको माध्यमबाट समस्या समाधान गर्न निर्देशन समेत दिइसकेको र आफ्नो तर्फबाट पनि कदम अघि बढाउने आश्वासन दिएका हुन् ।

यसअघि शनिबार साँझ प्रधानमन्त्री ओलीले बालुटारमा बोलाएको सर्वदलीय बैठकमा भारतले कालापानीलाई आफ्नो नक्सामा राख्नु गम्भीर र दुस्खदायीपूर्ण भएको भन्दै त्यो फिर्ताका लागि तत्कालै कुटनीतिक पहल गर्नु पर्ने, त्यसबारे थप अध्ययन गर्न प्राविधिक समिति गठन गर्नु पर्ने र आवश्यक परे अन्तर्राष्ट्रियस्तरमा यो विषय पुराउनु पर्ने माग उठेको थियो।

७० वर्ष देखि कालापानी आफ्नो भूभाग भएको दाबी गर्दै आएको भारतले गत आइतबार आफ्नो राजनीतिक नक्सा त्यसलाई फेरि समेटेपछि नेपालमा त्यसको विरोध भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भारतले आफ्नो सार्वभौम भूमिको सिमांकन मात्रै गरेको दाबी गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *