श्रीमानसँग सुतेकै कारण मृत्युको मुखमा पुगिन् महिला

डिसी नेपाल
२५ कार्तिक २०७६ १६:५४

एजेन्सी। एक महिलालाई यौन सम्बन्धका कारण यतो एलर्जी भयो कि उनी मृत्युको मुखमा पुगिन् । अमेरिकाको मेरिल्याण्डकी यी महिलाको केस अमेरिकन जर्नल अफ मेडिसिनमा प्रकाशित गरिएको छ । खासमा ती महिलाका पति केही औषधी खाइरहेका थिए जसका कारण महिलालाई एलर्जी भयो ।

पतिलाई दिइएका औषधीका कारण महिलालाई धेरै किसिमका समस्या हुन थाल्यो । सुरुमा डाक्टरलाई लाग्यो कि महिलालाई लो ब्लड प्रेसरको समस्या छ । तर पछि महिलालाई बताइयो कि उनी एनाफिलाक्टिक शकको सामना गरिरहेकी छिन् । महिलाका पतिलाई ब्याक्टेरियाको संक्रमणका कारण पेनिसिलिन दिइएको थियो ।

अस्पतालबाट विदा दिने समयमा महिलालाई करिब एक हप्तासम्म यौनकार्यबाट टाढै रहन सल्लाह दिइएको थियो । त्यतिबेलासम्म पतिलाई दिइएको एन्टिबायोटिक्सको डोज पूरा हुने थियो । रिपोर्टमा उल्लेख भएअनुसार महिलालाई पतिको वीर्यको सम्पर्कमा आएपछि एलर्जी भएको थियो । यस किसिमका एलर्जीका एक दुई केस पहिले पनि आइसकेका छन् । रिपोर्टमा सल्लाह दिइएको छ कि औषधी लेख्ने डाक्टरले बिरामीको साथमा उनीहरुका परिवारको एलर्जिक प्रतिक्रियालाई पनि ध्यान दिनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *