लता मंगेशकरको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै
नयाँ दिल्ली (एजेन्सी)। भारतीय गायीका लता मंगेशकर गम्भीर विरामी भएकी छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ।
उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालको सघन कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
बीबीसी हिन्दीले सोमबार दिउँसो मंगेशकरको टिमबाट उनलाई घर फिर्ता ल्याइएको जानकारी दिए पनि अस्पतालका एक डाक्टरले भने उनको आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिएको उल्लेख गरेका छ।
कोकिल स्वरकी धनी लता भारतीय फिल्म क्षेत्रकी सबैभन्दा सफल गायीका हुन्। उनका नेपालमा पनि निकै फ्यान छन्। सबैभन्दा धेरै गीत गाउने विश्वकीर्तिमान पनि उनकै नाममा छ। १४ वर्षको उमेरदेखि गीत गाउन शुरु गरेकी मंगेशकर हाल ८० भन्दा धेरै उमेरकी भइसकेकी छन्।
प्रतिक्रिया
Facebook Comment