आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति?
काठमाडौं । आज (मंगलबार) अमेरिकी डलरसहित प्रायः देशको मुद्राको भाउ बढेको छ। आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ६४ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५७ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ५२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ६७ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ २२ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ ७ पैसा रहेको छ।
Facebook Comment