बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे, १५ तस्वीरमा हेर्नुहोस् यसरी भयो स्वागत

काठमाडौं। मित्रराष्ट्र बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौं आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चार दिने भ्रमणका लागि समकक्षी हमिद काठमाडौं आएका हुन् । हमिदलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी छन् ।
स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । ५२ सदस्यीय प्रतिनिधि मण्डल सहित आएका हमिदलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको छ । हमिद काठमाडौं आएपछि भक्तपुर गएका छन् ।
प्रतिक्रिया
Facebook Comment